बार्सिलोनाविरुद्ध गोल गरे भने ‘सेलिब्रेट’ गर्दिन – लुइस स्वरेज
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    बार्सिलोनाविरुद्ध गोल गरे भने ‘सेलिब्रेट’ गर्दिन – लुइस स्वरेज

    खबरपुञ्ज संवाददाता

    २३ आश्विन २०७७, शनिबार

    एजेन्सी : लुइस स्वरेजले आफुले बार्सिलोनाविरुद्ध गोल गरेमा ‘सेलिब्रेट नगर्ने बताएका छन् । यस सिजनको शुरुमा बार्सिलोनाको ६ बर्षे क्यारियर अन्त्य गर्दै स्पेनिस क्लब एटलेटिको म्याड्रिड गएका स्वरेजले इएसपिनसँग कुरा गर्दै बार्सिलोनाविरुद्ध गोल गरेमा खुशीयाली नमनाउने बताएका हुन् ।

    उनले भने, ‘यदि मैले बार्सिलोनाविरुद्ध गोल गरे भने मैले सेलिब्रेट गर्ने छैन तर केहि केहि संकेत भएन अवश्य गर्ने छु ।’

    बार्सिलोनाको बोर्डको कडा आलोचना गर्दै स्वरेजले क्लबमा आफ्नो ट्रान्सफरको विषयमा आफुलाई जानकारी नदिएको आरोप लगाए । उनले मलाई व्यवस्थापनले यस्तो गर्छ भन्ने अनुमान भएपनि सबै कुरा मिडियाबाट थाहा पाउदा दुख लागेको बताए । उनेल क्लबले स्पष्ट रुपमा नभनेको भन्दै आफुले कम्तिमा त्यति डिजर्ब गर्ने बताए ।

    स्वरेजले आफुले बार्सिलोनामा ६ बर्ष बिताएको बताउदै आफु जहिलेपनि क्लबको फरवार्डमा युवा खेलाडी हुनुपर्ने पक्षमा रहेको र बोलेको बताए । तर क्लबले आफुलाई चुनौती दिनसक्ने युवा फरवार्ड ल्याउन नसकेको आरोप समेत लगाए ।

    बार्सिलोनामा पछिल्ला दिन स्मरण गर्दै स्वरेजले भने, ‘म निकै अनिश्चित थिए । प्रशिक्षणमा खुशी साथ जान्थे तर दुखका साथ फर्किन्थे । मलाई क्लबले यस्तो गर्छ भन्ने अनुमान थियो । मैले मेसीसँग पनि यस बारे कुरा गरेर क्लबले यस्तो गर्छ भनेको थियो ।’

    आफुलाई प्रशिक्षक रोनाल्ड कोम्यानले फोन गरेर म उनको योजनामा नरहेको १० दिन अगाडी बताएका थिए । त्यसअघि क्लबले आफुलाई कुनै कुरा नगरेको र सबै विषय मिडियाबाट थाह पाएको बताए ।

    यस सिजनमा एटलेटिको मुगेका स्वरेजले एटलेटिकोमा भने राम्रो शुरुवात गरेका छन् । अहिलेसम्म ३ खेलमा २ गोल गरेका स्वरेज उत्कृष्ट फर्ममा समेत देखिएका छन् ।

    ला लिगा अन्तर्गत एटलेटिकोले बार्सिलोनासँग घरेलु मैदानमा नोभेम्बर २२ मा खेल्दै छ ।