जिपीका स्वास्थ्यकर्मी सहित तनहुँमा थपिए सात सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जिपीका स्वास्थ्यकर्मी सहित तनहुँमा थपिए सात सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    २३ आश्विन २०७७, शनिबार

    तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रका स्वास्थ्यकर्मी सहित शनिबार सात कोरोना सङ्क्रमित थपिएका छन् । जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रका स्टाफ नर्स, उपचार केन्द्रकै अस्पतालमा कार्यरत कर्मचारी सहित जिल्लामा सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार उपचार केन्द्रका २३ र २९ वर्षीया महिला र २७ वर्षीया पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । २३ वर्षीया महिला स्टाफ नर्स हुनुहुन्छ ।

    यसैगरी ऋषिङ गाउँपालिकामा तीन र व्यास नगरपालिकामा एक जना सङ्क्रमित थपिएका छन् । ऋषिङ गाउँपालिका–२ का २० र ऋषिङ गाउँपालिका–४ का २१ र ३१ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा उनीहरु सङ्क्रमित भएका छन् ।

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षण अनुसार व्यास नगरपालिका–४ का ७२ वर्षीय पुरुषमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । ऋषिङका सङ्क्रमित भारत, कतार र साउदीबाट आएको स्वास्थ्य निर्देशनालयले विज्ञप्ती मार्फत् जनाएको छ ।