तनहुँमा थपिए तीन कोरोना सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • घिरिङ

    तनहुँमा थपिए तीन कोरोना सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    २५ आश्विन २०७७, आईतवार

    तनहुँ : तनहुँमा आइतबार तीन जना कोरोना सङ्क्रमित थपिएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षण अनुसार व्यास नगरपालिकामा एक र घिरिङ गाउँपालिकामा दुई जना कोरोना सङ्क्रमित थपिएका हुन् ।

    स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार व्यास नगरपालिका–४ का ३० वर्षीय पुरुषमा कोरोना सङ्क्रमण भएको छ । त्यस्तै घिरिङ गाउँपालिका–४ का ४३ र २० वर्षीय पुरुषमा पनि सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।