जिल्लास्थित राजनीतिक दल एकै ठाउँमा : गर्यो यस्ताे निर्णय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जिल्लास्थित राजनीतिक दल एकै ठाउँमा : गर्यो यस्ताे निर्णय

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    तनहुँ : जिल्लास्थित मुख्य राजनीतिक दलका प्रमुखहरुको बैठक आइतबार दमौलीमा सम्पन्न भएको छ । नेपाली काङ्ग्रेस तनहुँका कार्यवाहक सभापति जितप्रकाश आलेको अध्यक्षतामा बसेको बैठकले प्राकृतिक स्रोत साधनको समुचित प्रयोग, कोभिड १९ समस्या, समाधान र व्यवस्थापन, बाढीपीडित राहत र उद्धार लगायतका विषयमा छलफल गरेको छ ।

    नजिकिदै गरेको चाडपर्वमा देश तथा विदेशबाट धेरै नागरिक जिल्ला भित्रिने भएकाले उनीहरुको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा बैठकमा छलफल भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता विष्णुभक्त सिग्देलले जानकारी दिनुभयो । उहाँका अनुसार मुख्य राजनीतिक दलहरुले स्थानीय स्तरसम्म कोभिडको बारेमा सचेतना फैलाउन पार्टीका कार्यकर्ता परिचालन गर्ने निर्णय गरेका छन् ।

    त्यस्तै जिल्लाका विभिन्न स्थानीय तहमा प्राकृतिक स्रोत साधनको दुरुपयोग भएको सुनिन आएकाले त्यस विषयमा जिल्ला समन्वय समिति, प्रहरी प्रशासन, जनप्रतिनिधि, राजनीतिक दलको बैठक बसी त्यस बारेमा छलफल गर्ने निर्णय बैठकले गरेको छ ।

    बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं सङ्घीय सांसद केदार सिगदेल, जनता समाजवादी पार्टीका केन्द्रीय सल्लाहकार कृष्णराज घिमिरे, काङ्ग्रेस तनहुँका सचिव विश्वनाथ बास्तोला, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिव राजेन्द्रकेशरी न्यौपाने लगायतको सहभागिता थियो ।