याे दशैंमा नपाइने भयाे नयाँ नाेट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    याे दशैंमा नपाइने भयाे नयाँ नाेट

    खबरपुञ्ज संवाददाता

    २५ आश्विन २०७७, आईतवार

    काठमाडाै : नेपाल राष्ट्र बैङ्कले यो वर्ष दशैँमा नयाँ नोट सटही नगर्ने भएको छ। कोरोना भाइरस संक्रमणको जोखिमका कारण दशैंका लागि नयाँ नोट सटही नगर्ने निर्णय भएको राष्ट्र बैङ्कले सूचना जारी गर्दै जानकारी दिएको छ।

    बितेका वर्षहरुमा राष्ट्र बैङ्कले दशैंमा साना दरका नयाँ नोट निष्काशन गरी वितरण गर्दै आएको थियो। तर, अहिले राजधानी काठमाडौं उपत्यकासहित देशभरि नै तीव्र रुपमा कोरोना भाइरसको संक्रमण बढेको र नोट वितरण गर्दा ब्यांकमा भिडभाड हुने कारणले गर्दा नयाँ नोट सटही नगर्ने भएको हो।

    “राष्ट्र बैङ्कले नै र अन्य बैङ्क तथा वित्तीय संस्थाका कर्मचारीमा समेत संक्रमण निकै फैलिएको र नगद सटहीका क्रममा हुने भिडभाडबाट संक्रमण फैलन सक्ने सम्भावना उच्च भएको भएको परिपेक्ष्यमा आम नेपाली नागरिकको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्दै यस बैङ्कका कुनैपनि कार्यालयहरुबाट यस वर्षको वडादशैंको प्रयोजनका लागि नयाँ नोट सटही सुविधा प्रदान नगरिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ,” सूचनामा भनिएको छ।