वार्षिक बजेट कार्यक्रमको पुस्तिका हस्तान्तरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    वार्षिक बजेट कार्यक्रमको पुस्तिका हस्तान्तरण

    विवि श्रेष्ठ

    २४ आश्विन २०७७, आईतवार

    तनहुँ : तनहुँ क्षेत्र नं १ (क) का गण्डकी प्रदेश सांसद रामबहादुर गुरुङले वार्षिक बजेट कार्यक्रम समावेश गरिएको पुस्तिका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य केदार सिग्देललाई हस्तान्तरण गर्नुभएको छ ।

    प्रदेश सांसदमा निर्वाचित भएपछि विकास निर्माण सम्बन्धि बजेट विनियोजन र योजना सम्पन्न भएको कार्यक्रमको वाािर्षक बजेट पुस्तिका गुरुङले सिग्देललाई आइतबार हस्तान्तरण गर्नुभएको हो । पुस्तिकामा आर्थिक वर्ष ०७५/०७६, ०७६/०७७ र ०७७/०७८ मा विनियोजित बजेट र कामको प्रगति विवरण समेटिएको छ । तीन आर्थिक वर्षमा गुरुङले आफ्नो क्षेत्रमा भएको बजेट निकासी र विकासको गति आम जनतालाई जानकारी दिने उद्देश्यले पुस्तिका प्रकाशन गरेको जानकारी दिनुभयो ।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला अध्यक्ष एव प्रतिनिधि सभा सदस्य सिग्देलले पुस्तिकामा समावेश गरिएको विवरणले विकास निर्माणमा भएको प्रगति छर्लङ्ग पार्न सहयोग पुग्ने बताउनुभयो । सिग्देलले सरकारको कार्यभार सुखी नेपाली समृद्ध नेपाल भएको बताउँदै विकास निर्माण जनताले थाहा पाउनुपर्ने र जनमुखी काम गर्नुपर्ने बताउनुभयो ।