व्यास नगरपालिकामा ११ सहित तनहुँमा २६ जना संक्रमित थपिए
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यास नगरपालिकामा ११ सहित तनहुँमा २६ जना संक्रमित थपिए

    खबरपुञ्ज संवाददाता

    २५ आश्विन २०७७, सोमबार

    तनहुँ :तनहुँमा सोमबार एकैपटक २६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार सबैभन्दा धेरै व्यास नगरपालिकामा ११ जना संक्रमित थपिएका छन् । शुक्लागण्डकी नगरपालिकामा ७ जना, भिमाद नगरपालिका र बन्दीपुर गाउँपालिकामा ४/४ जनालाई कोरोना पुष्टी भएको हो ।


    व्यास नगरपालिका–१ मा १३, १५ र २७ बर्षीय पुरुष र २६ बर्षीया महिला, वडा नम्बर २ मा ३४ बर्षीया महिला, ३ मा ४० बर्षीय पुरुष, ४ मा ३६ बर्षीय पुरुष र २५ बर्षीय महिला, ८ मा ४२ बर्षीया महिला, १० मा ३१ बर्षीय पुरुष, १४ मा २८ बर्षीया महिला संक्रमित भएका हुन् ।


    शुक्लागण्डकी नगरपालिकामा ७ जना थपिएका छन् । शुक्लागण्डकी नगरपालिका–५ का ४६ र २९ बर्षीय पुरुष तथा ३८ बर्षीया महिला संक्रमित भएका हुन् । वडा नम्बर ७ मा ४३ बर्षीय पुरुष, २६ बर्षिया महिला र ८ बर्षीया बालिका, ४ मा ४१ बर्षीय पुरुषमा संक्रमणको पुष्टी भएको हो ।


    भिमाद नगरपालिकाको वडा नम्बर ६ मा २१, ३५ र ५० बर्षीया महिला र १७ बर्षीय पुरुषमा संक्रमण पुष्टी भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यस्तै बन्दीपुर गाउँपालिका–१ का ४६, ३० बर्षीय पुरुष, ३३ र ३८ बर्षीया महिला संक्रमित भएका हुन् ।


    यो संगै गण्डकी प्रदेशमा १ सय २६ जना संक्रमित थपिएका हुन् । प्रदेशमा संक्रमितको कुल संख्या ४ हजार ९ सय ७१ पुगेको छ ।