१२ लाख जरीवाना तोकिएका फरार प्रतिवादी पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    १२ लाख जरीवाना तोकिएका फरार प्रतिवादी पक्राउ

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    तनहुँ : चोरी मुद्धामा जिल्ला अदालत कास्कीबाट जरीवाना तोकिएका एक फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दे गाउँपालिका-७ बस्ने पूर्णबहादुर कार्की रहेका छन् ।

    विकलाई जिल्ला अदालत कास्कीले २०७४ जेठ २८ गतेको फैसलाले रु १२ लाख चार हजार ८ सय ७७ जरीवानाको फैसला सुनाएको थियो । जरीवाना भुक्तान नगरी हालसम्म फरार रहेका विकलाई सम्बन्धित घरवतनबाट पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सनाले जानकारी दिनुभयो । निजलाई अदालत उपस्थित गराइएको छ ।

    विकले २०७३ कार्तिक ६ गते पोखरा महानगरपालिकाको विरौटा निवासी दुर्गानाथ रेग्मीको घरमा कोही नभएको मौका पारी लुटपैाट गरेका थिए ।