कोरोना सङ्क्रमित बढेको बढ्यै, एक महिनाको बालिका सहित तनहुँमा २६ सङ्क्रमित थपिए
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कोरोना सङ्क्रमित बढेको बढ्यै, एक महिनाको बालिका सहित तनहुँमा २६ सङ्क्रमित थपिए

    खबरपुञ्ज संवाददाता

    २७ आश्विन २०७७, मंगलवार

    तनहुँ : तनहुँको व्यास नगरपालिकामा १६ सहित २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले जारी गरेको विवरण अनुसार व्यास, शुक्लागण्डकी र भीमाद नगरपालिकामा २६ जना सङ्क्रमित थपिएका हुन् । कोरोना सङ्क्रमित हुनेमा एक महिनाकी बालिका पनि छन् ।

    व्यास नगरपालिकामा १६, भीमाद नगरपालिकामा ७, शुक्लागण्डकी नगरपालिकामा तीन जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

    व्यास नगरपालिका-२ का २७, ५३, २७, ४६ वर्षीय पुरुष, सोही वडाका २७, ४२ वर्षीया महिला, व्यास नगरपालिका-३ का ४८, २९, १५ वर्षीय पुरुष, सोही वडाकै ४६, १७, ३० वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    व्यास नगरपालिका-४ का २८ वर्षीय पुरुष र ४२ वर्षीया महिला, व्यास नगरपालिका-११ का २८ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।

    त्यस्तै शुक्लागण्डकीका एक महिने बालिका र तीन वर्षीय बालकलाई पनि सङ्क्रमण पुष्टि भएको छ । शुक्लागण्डकी नगरपालिका-५ कै २३ वर्षीया महिलालाई पनि सङ्क्रमण पुष्टि भएको छ । भीमाद नगरपालिका-६ का ५२ र ५० वर्षीया महिला, २३, २६, ४४ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ ।