कर्तव्य ज्यान मुद्दाका प्रतिवादी २९ वर्षपछि पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • घिरिङ

    कर्तव्य ज्यान मुद्दाका प्रतिवादी २९ वर्षपछि पक्राउ

    खबरपुञ्ज संवाददाता

    २७ आश्विन २०७७, मंगलवार

    तनहुँ : कर्तव्य ज्यान मुद्दाका प्रतिवादी २९ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँको घिरिङ गाउँपालिका–५ हटिया बस्ने ६६ वर्षीय जोकबहादुर श्रेष्ठ रहेका छन् ।

    कर्तव्य ज्यान मुद्दामा तनहुँ जिल्ला अदालतले श्रेष्ठलाई विसं २०४८ वैशाख १९ गते ९ वर्ष ६ महिना कैद सजाय तोकेको थियो । निजलाई सम्बन्धित घरवतनबाटै मङ्गलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।