काेराेनाले लियाे एकै परिवारका तीनकाे ज्यान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    काेराेनाले लियाे एकै परिवारका तीनकाे ज्यान

    खबरपुञ्ज संवाददाता

    २७ आश्विन २०७७, बुधबार

    तनहुँ : तनहुँको भीमाद नगरपालिकाका एकै परिवारका तीन जनाको कोरोनाबाट मृत्यु भएको छ । भीमाद नगरपालिका–६ निवासी ९८, ७५ र ७२ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो । मृत्यु हुने एक बाबु र दुई छोरा हुन् ।

    ९८ वर्षीय पुरुषको काठमाडौस्थित मेडिसिटी अस्पतालमा असोज २५ गते, ७५ वर्षीय पुरुषको काठमाडौस्थित वि एण्ड वि अस्पतालमा असोज २४ गते र ७२ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा असोज १९ गते मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    ९८ वर्षीय बाबु बिरामी परेपछि चितवनस्थित एक अस्पतालमा भर्ना गरिएको थियो । अवस्था सुधार नभएपछि उहाँलाई काठमाडौ लगियो । उपचारका क्रममा उहाँलाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो । बुबाको स्यहारसुसारमा खटिएका दुई छोरालाई पनि पछि कोरोना देखिएको थियो ।

    पारिवारिक स्राेतका अनुसार अस्पतलाबाटै सबैलाई काेराेना सङ्क्रमण भएकाे आशङ्का गरिएकाे छ । एकै परिवारका तीनकाे काेराेनाबाट मृत्यु भएपछी भीमाद शाेकमा डुबेकाे छ ।

    योसँगै तनहुँमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ । यस अगाडी व्यास नगरपालिकाका दुई, म्याग्दे गाउँपालिकाका एक, आँबुखैरेनी गाउँपालिकाका दुई जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो ।