आइसोलेशनमा स्वास्थ्य सामग्री र पिउने पानी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    आइसोलेशनमा स्वास्थ्य सामग्री र पिउने पानी

    खबरपुञ्ज संवाददाता

    २७ आश्विन २०७७, बुधबार

    तनहुँ : तनहुँको दमौलीस्थित पुरानो कृषि विकास बैङ्कको भवनमा सञ्चालित आइसोलेशनका लागि स्वास्थ्य सामग्री र पिउने पानी सहयोग गरिएको छ । रोटरी क्लव अफ दमौलीका अध्यक्ष दामोदर भण्डारी, सचिव सागर पौडेल र रोटर्याक्ट क्लव अफ दमौलीका पूर्व अध्यक्ष मनोज राउतले आइसोलेशनमा रहेका कोरोना सङ्क्रमितका लागि बुधबार स्वास्थ्य सामग्री र पिउने पानी उपलब्ध गराउनुभएको हो ।

    आइसोलेशनका सङ्क्रमितलाई स्वास्थ्य सामग्रीको अभाव भएको जानकारी पाएपछि आफूहरुले व्यक्तिगत रुपमा उक्त सामग्री सहयोग गरेको रोटर्याक्ट क्लव अफ दमौलीका पूर्व अध्यक्ष राउतले जानकारी दिनुभयो । उहाँका अनुसार आइसोलेशनका लागि एक सय थान मास्क, दुई थान पाँच सय एमएलकाे स्यानीटाइजर र ६ दर्जन पिउने पानी उपलब्ध गराइएको छ ।

    काेराेना सङ्क्रमितकाे लागि गरिएकाे सानाे सहयाेगल सामाजिक सङ्घसंस्थाकाे उत्तरदायित्व समेत भएकाे राेटरीका अध्यक्ष भण्डारीले बताउनुभयाे । भण्डारी स्वयमं काेभिड सङ्क्रमित भएपछि हाेम आइसाेलेशनमा बसिरहनुभएकाे छ ।