तनहुँ : तनहुँको व्यास नगरपालिका-३ निवासी एक वृद्धको पोखरामा बुधबार राति मृत्यु भएको छ । टाउकोको शल्यक्रिया गरेपछि होस नखुलेका उहॉको राति निधन भएको हो ।
केही दिन पहिले बेहोस भएपछि उपचारका लागि पोखरा लगिएको थियो । टाउकोमा पानी जमेपछि उहॉको शल्यक्रिया गरिएको थियो । स्वास्थ्य अवस्था सुधार नभएपछि उहॉलाई बिहीबार थप उपचारका लागि लैजाने तयारी गरिएको थियो । उहॉलाई कोरोना सङ्क्रमण पनि पुष्टि भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।