घटनास्थापनाकै दिन थपिए तनहुँमा दुई सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    घटनास्थापनाकै दिन थपिए तनहुँमा दुई सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    ३० आश्विन २०७७, शनिबार

    तनहुँ : घटनास्थापनाको दिन तनहुँमा दुई जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयले शनिबार सार्वजनिक गरेको विवरण अनुसार शुक्लागण्डकी नगरपालिका र बन्दीपुर गाउँपालिकामा एक/एक सङ्क्रमित थपिएका हुन् ।

    शुक्लागण्डकीका ठेगाना नखुलेका २६ र बन्दीपुर गाउँपालिका–१ का ५३ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ । बन्दीपुरका पुरुषको पोखरास्थित चरक मेमोरियल अस्पतालबाट नमूना लिइएको हो ।