कालिका टोलद्वारा आइसोलेशनमा सामग्री सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    कालिका टोलद्वारा आइसोलेशनमा सामग्री सहयोग

    खबरपुञ्ज संवाददाता

    ३० आश्विन २०७७, शनिबार

    तनहुँ : व्यास नगरपालिका–२ स्थित कालिका टोल विकास संस्थाले पुरानो कृषि विकास बैङ्कको भवनमा सञ्चालित आइसोलेशन कक्षका लागि स्वास्थ्य तथा खाद्य सामग्री सहयोग गरेको छ । कोरोना सङ्क्रमण भएर आइसोलेशनमा रहेका सङ्क्रमितको मनोबल उच्च बनाउन टोल विकास संस्थाले स्यानीटाइजर, मास्क, पिउने पानी, चाउचाउ लगायतका सामग्री सहयोग गरेको हो ।

    टोल विकास संस्थाका अध्यक्ष इमकुमार मल्ल, सचिव दिनेशकुमार श्रेष्ठ, कोषाध्यक्ष ओमराज श्रेष्ठ, सदस्य चुडालाल मल्ल, सल्लाहकार बैकुण्ठनाथ मिश्र लगायतले शनिबार आइसोलेशनमा पुगेर उक्त सामग्री हस्तान्तरण गर्नुभएको छ ।

    आइसोलेशनमा स्वास्थ्य सामग्री अभाव हुन सक्ने र कोरोना सङ्क्रमितलाई सबैले हौसला दिनुपर्ने भएकाले सामाजिक उत्तरदायित्व वहन अन्तर्गत विभिन्न सामग्री सहयोग गरिएको टोल विकास संस्थाका सचिव दिनेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।