तनहुँ : प्राेगेसिभ इन्जिनियरिङ एशोसिएसन नेपाल (पिन) तनहुँ जिल्ला कमिटी गठन गरिएको छ । जिल्लाका विभिन्न स्थानीय तहमा कार्यरत इन्जिनियरको सहभागितामा एशोसिएसनको तनहुँ कमिटी गठन गरिएको हो ।
एशोसिएसनको अध्यक्षमा भानु नगरपालिकाका इन्जिनियर विष्णुराज पाण्डे चयन हुनुभएको छ । उपाध्यक्षमा शुक्लागण्डकी नगरपालिकाका इन्जिनियर उत्तम थापा, सचिवमा व्यक्तिगत परामर्शदाता इन्जिनियर दिपक कुंवर, कोषाध्यक्षमा बन्दीपुर गाउँपालिकाका इन्जिनियर सन्तोष थापा चयन हुनुभएको छ ।
सचिवालय सदस्यमा भीमाद नगरपालिकाका इन्जिनियर रोशन सम्राट शाही, भानु नगरपालिकाका इन्जिनियर शोभा शर्मा र सडक विभागका इन्जिनियर सन्जिव श्रेष्ठ र सदस्यहरुमा बन्दीपुर गाउँपालिकाका इन्जिनियर शिव केसी, व्यास नगरपालिकाका इन्जिनियर सागर क्षेत्री, पूर्वाधार विकास कार्यालयका इन्जिनियर ओमप्रकाश गिरी, ऋषिङ गाउँपालिकाका इन्जिनियर दिपा चापागाइँ, आँबुखैरेनी गाउँपालिकाका इन्जिनियर शैलेन्द्र केसी, देवघाट गाउँपालिकाका इन्जिनियर विमल मल्ल्, पुननिर्माण कार्यालयका इन्जिनियर इन्जिनियर केशव अधिकारी, घिरिङ गाउँपालिकाका इन्जिनियर मनोजकुमार विक, शुक्लागण्डकी नगरपालिकाका इन्जिनियर अशोक श्रेष्ठ, भीमाद नगरपालिकाका इन्जिनियर मिलन तिमिल्सिना, म्याग्दे गाउँपालिकाका इन्जिनियर शम्भु पौडेल, व्यास नगरपालिकाका इन्जिनियर सरोज पन्त, इलेक्ट्रिकल इन्जिनियर प्रदीप बस्नेत र कन्सल्टेन्सी इन्जिनियर प्रकाश देवकोटा चयन हुनुभएको छ ।