सत्यवती गुफाका लागि तीन लाखको अक्षयकोष स्थापना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    सत्यवती गुफाका लागि तीन लाखको अक्षयकोष स्थापना

    खबरपुञ्ज संवाददाता

    ३० आश्विन २०७७, शनिबार

    तनहुँ : व्यास नगरपालिका–५, सिर्दीमा रहेको सत्यवती गुफामा तीन लाखको अक्षयकोष स्थापना गरिएको छ । सत्यवतीगुफा गुप्तेश्वर महादेव मन्दिर सञ्चालनका लागि समुदाय स्तरबाट मन्दिरको संरक्षण र स्तरोन्नतिका लागि अक्षयकोष स्थापना गरिएको मन्दिर संरक्षण समितिका अध्यक्ष विष्णुप्रसाद पण्डितले जानकारी दिनुभयो ।

    स्थानीय स्तरबाट उठेको अक्षयकोष सिर्दी टोल विकास समितिका अध्यक्षलाई हस्तान्तरण गर्दै व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहन कुमार श्रेष्ठले स्थानीय जनसमुदायबाट नै सङ्कलित रकमले मन्दिरको स्तरोन्नति र विकासमा सहयोग पुग्ने बताउनुभयो ।

    जनता नै स्वतः जागरुक भएर अक्षयकोष स्थापनाले पनि गुफा र मन्दिरको महत्व कति रहेछ भन्ने पुष्टि हुन्छ वडाध्यक्ष श्रेष्ठले बताउनुभयो । एक हजार पाँच स्थानीयवासीसँग रु तीन सयका दरले रकम सङ्कलन गरेर अक्षयकोष स्थापना गरिएको बताउँदै संस्थाका उपाध्यक्ष काजीमान श्रेष्ठले सबैको सहयोगले अब गुफा र मन्दिरको संरक्षण हुने जानकारी दिनुभयो ।

    सत्यवती गुफा गुप्तेश्वर महादेव मन्दिरको विशिष्ट धार्मिक विशेषता रहेको स्थानीयवासी बताउँछन् । मन्दिरको दर्शन गरेमा मनले चिताएको इच्छा पूरा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पण्डितले जानकारी दिनुभयो । उहाँले धार्मिक तथा पौराणिक महत्व रहेको मन्दिर र गुफाको संरक्षण गरेमा आन्तरिक तथा बाह्य पर्यटक समेत भित्र्याउन सकिने बताउनुभयो ।