जन्मदिनमा केक खाएका सबै बिरामी परेपछि…
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जन्मदिनमा केक खाएका सबै बिरामी परेपछि…

    खबरपुञ्ज संवाददाता

    १ कार्तिक २०७७, आईतवार

    तनहुँ : तनहुँको व्यास नगरपालिका–१२ निवासी राजन गैह्रेले ११ वर्ष पुगेका छोरा प्रज्वलको जन्मदिन मनाउन शनिबार राति घरमा कार्यक्रम राखे । आफ्नै घरपरिवारका सदस्यलाई बोलाएर राजनले छोराको जन्मदिन मनाए, जन्मदिनमा केक काटे अनि सबैलाई खुवाए ।

    केक खाएको केही समयमा नै राजन सहित १२ जनालाई झाडापखाला शुरु भयो, साथै बान्ता अनि ज्वरो पनि । केक खाएर बिरामी परेका सबैको हाल दमौली अस्पतालमा उपचार भइरहेको छ ।

    केक खाएर बिरामी पर्नेमा राजन, श्रीमती ३० वर्षीया सलिना र छोरा ११ वर्षीय प्रज्वल सहित ६५ वर्षीया बिगमाया विक, २३ वर्षीया पूजा विक, २८ वर्षीय सुनिल विक, २० वर्षीया जोशना विक, २८ वर्षीया सीता विक, ३७ वर्षीय रामकृष्ण विक, ९ वर्षीय समिर विक, १२ वर्षीय अमिर विक र ३५ वर्षीया जुना विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । केक खाएका सबैलाई फुड पोइजनिङ भएको र सबैको अवस्था अहिले सामान्य रहेको दमौली अस्पतालले जनाएको छ ।