तनहुँ : तनहुँमा सोमबार १० जना कोरोना सङ्क्रमित थपिएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र चितवन मेडिकल कलेजको फिभर क्लिनिकमा गरिएको परीक्षणमा म्याग्दे, व्यास, शुक्लागण्डकी र भानुका ९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार म्याग्दे-२ का २५, शुक्लागण्डकी-२ का ४६, ३१ वर्षीय पुरुष, शुक्लागण्डकी-४ का ६८ वर्षीया महिला, शुक्लागण्डकी-७ का ८८ वर्षीया महिला, व्यास-११ का ४३ वर्षीय पुरुष र ८८ वर्षीया महिलामा सङ्क्रमण पुष्टि भएको छ ।
त्यस्तै ठेगाना नखुलेका ४५ वर्षीय पुरुष र ४० वर्षीया महिलामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा भानु-२ का ३८ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ