दशैमा नखुल्ने भयाे बैङ्क
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    दशैमा नखुल्ने भयाे बैङ्क

    खबरपुञ्ज संवाददाता

    २ कार्तिक २०७७, सोमबार

    काठमाडौं : यस वर्ष दसैंको सार्वजनिक बिदामा बैंक नखुल्ने भएका छन् । विगतमा दसैंको सार्वजनिक बिदामा केही सीमित शाखाबाट बैंकिङ सेवा प्रदान गर्दै आएका बैंकहरुले यो वर्ष भने बिदामा बैंकिङ सेवा प्रदान नगर्ने भएका हुन् ।

    वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहाल यो वर्ष दसैं बिदामा बैंकिङ सेवा प्रदान नहुने सम्भावना रहेको बताउनुहुन्छ । कोरोना संक्रमण पछि बढ्दै गएको र बैंकमा ग्राहकको चहलपहल पनि कम हुँदै गएको तथा बैंकहरुको एटीएम पनि चलेको र डिजिटल च्यानल पनि भएकाले खोल्न आवश्यक छैन भन्‍ने कुरा आएको उहाँले बताउनुभयाे ।