


तनहुँ, १ कात्तिक । शुक्लागण्डकी नगरपालिका–७ का समीर श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), भानुभक्त बहुमुखी क्याम्पस बेलचौतारालाई ५१ हजार रुपैयाँ सहयोग गरेका छन्।
आइतबार बेलचौतारामा आयोजित कार्यक्रममा लायन्स क्लब अफ तनहुँ सिस्टर्सकी अध्यक्ष जोशिला थापामार्फत स्ववियु सभापति मीनबहादुर थापा ‘मिलन’ लाई रकमको चेक हस्तान्तरण गरिएको हो। समीरका बुबा तथा शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका उपाध्यक्ष प्रेमबहादुर श्रेष्ठको उपस्थितिमा सहयोग रकम प्रदान गरिएको थियो।
जन्मदिनलाई सामाजिक क्षेत्रमा सहयोग गरेर मनाउने छोराको चाहनाअनुसार सहयोग गरिएको प्रेमबहादुरले बताए।