तनहुँमा अवैध नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा अवैध नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

    खबरपुञ्ज संवाददाता

    ११ कार्तिक २०८३, बुधबार

    तनहुँ, ११ कात्तिक । तनहुँमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसारमा संलग्न दुई ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बुधबार इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरी टोलीले शुक्लागण्डकी नगरपालिका–७ स्थित दोभान म्याग्दे खोलाबाट अवैध उत्खनन तथा ओसारपसारमा संलग्न ट्याक्टर नियन्त्रणमा लिएको हो।

    नियन्त्रणमा लिइएका दुवै ट्याक्टरलाई आवश्यक कारबाहीका लागि शुक्लागण्डकी नगरपालिकाको कार्यालयमा पठाइएको थियो। नगरपालिकाले प्रतिट्याक्टर १२ हजार रुपैयाँका दरले कुल २४ हजार रुपैयाँ जरिवाना गरी छाडेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।