तनहुँ : तनहुँको भानु नगरपालिका–७ पल्याङमा इनारमा डुबेर शुक्रबार राति एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच वर्षीय प्रितम खनाल रहेको इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेले जनाएको छ ।
स्थानीय दिपक खनालका छोरा इनारमा डुबेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका प्रहरी निरीक्षक प्रकाश भुषालले जानकारी दिनुभयो । साँझ ५ बजेदेखि घरबाट हराएका खनाल राति ९ः३० बजे इनारमा मृत अवस्थामा भेटिएका थिए । घटनासम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।