तनहुँ : तनहुँमा शनिबार ६ कोरोना सङ्क्रमित थपिएका छन् । भानु, ऋषिङ र व्यास नगरपालिकामा ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । थपिनेमा एक प्रहरी पनि छन् ।
भानु-१० का ४१ वर्षीय पुरुष, ऋषिङ-१ का २६, ३७, ३६, व्यास-४ का २६ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै प्रहरीका २३ वर्षीय पुरुषमा पनि सङ्क्रमण पुष्टि भएको छ ।