शुक्लागण्डकीका ९ जनामा कोरोना पुष्टि, होम आइसोलेशनमा सुरक्षित बस्न स्वास्थ्य शाखाको आग्रह
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शुक्लागण्डकीका ९ जनामा कोरोना पुष्टि, होम आइसोलेशनमा सुरक्षित बस्न स्वास्थ्य शाखाको आग्रह

    खबरपुञ्ज संवाददाता

    ८ कार्तिक २०७७, आईतवार

    तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिकामा ९ जना कोरोना सङ्क्रमित थपिएका छन् । कार्तिक ३ गते स्वाब सङ्कलन गरी पठाइएका ८७ जना मध्ये ९ जनामा आइतबार कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवका अनुसार शुक्लागण्डकी-६ का तीन, शुक्लागण्डकी-३ का एक, शुक्लागण्डकी-२ का एक, शुक्लागण्डकी-४ का एक, शुक्लागण्डकी-९ का एक जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै प्रहरी दङ्गा कार्यालयका दुई जनामा पनि सङ्क्रमण पुष्टि भएको छ ।

    बॉकी ७८ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । कोरोना सङ्क्रमितहरुलाई सुरक्षित रुपमै घरमै बस्न आग्रह गरिएको श्रीवास्तवले जानकारी दिनुभयो । “पोजिटिभ देखिएकालाई सुरक्षित रुपमा घरमा बस्न आग्रह गरिसकेका छौ, नेगेटिभ आउनेहरुलाई पनि सुरक्षाका मापदण्ड अपनाउन भनिसकेका छौ,” उहॉले भन्नुभयो ।