कोरोना सङ्क्रमितको सङ्ख्या १ लाख ५९ हजार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    कोरोना सङ्क्रमितको सङ्ख्या १ लाख ५९ हजार

    खबरपुञ्ज संवाददाता

    ९ कार्तिक २०७७, सोमबार

    काठमाडौं : नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५९ हजार ८३० पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार ७ सय ४१ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  

    प्रदेश १ को उदयपुरमा १, झापामा ५०, ताप्लेजुङमा १, मोरङमा १३,र सुनसरीमा १८५ जनामा कोरोना भेटिएको छ। प्रदेश २ को धनुषामा १२, बारामा ५, महोत्तरीमा १४, सप्तरीमा २९, र सिरहामा २ जनामा कोरोना पाइएको छ। 

    बागमती प्रदेशको काठमाडौंमा मात्र ६७३ जनामा कोरोना भेटिएको छ। काभ्रेमा ५९, चितवनमा २४, दोलखामा ७, धादिङमा २४, नुवाकोटमा ८, भक्तपुरमा ७६, मकवानपुरमा २९, रामेछापमा ४, ललितपुरमा १ सय ४६, सिन्धुपाल्चोकमा २ र सिन्धुलीमा ५जनामा कोरोना पुष्टि भएको छ।
    गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा १०१, गोरखामा १, तनहुँमा २५, नवलपरासी पूर्वमा ६०, पर्वतमा २, लमजुङमा ४, बागलुङमा १७ र स्याङजामा ३ जनामा कोरोना भेटिएको छ। 

    कोरोना पुष्टि हुनेमा प्रदेश ५ को अर्घाखाँचीका ३३, कपिलवस्तुका २२, गुल्मीका ६, दाङका ३, नवलपरासीका ७, पाल्पाका १, प्युठानका ४, बाँकेका १२, र रुपन्देहीका ५८जना छन्। यस्तै, कर्णाली प्रदेशको दैलेखमा ५, जुम्लामा १ र रुकुम पश्चिममा जनामा कोरोना भेटिएको छ। 

    सुदूरपश्चिम प्रदेशको अछाममा १, कञ्चनपुरमा १ र दार्चुलामा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ। कुल संक्रमितमध्ये ४३ हजार २९३ जना सक्रिय संक्रमित छन्।देशभर हाल २ हजार ९६९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।