तनहुँ : जिल्ला समन्वय समिति तनहुँका सदस्य एवं प्रवक्ता गलबहादुर गुरुङ कोरोना सङ्क्रमणमुक्त हुनुभएको छ । कोरोना सङ्क्रमण भएको १५ दिनपछि गुरुङ बुधबार कोरोना सङ्क्रमणमुक्त हुनुभएको हो ।
मङ्गलबार गरिएको परीक्षणबाट रिपोर्ट नेगेटिभ आएको गुरुङले बताउनुभयो । कोरोनोमुक्त भएपछि गुरुङले स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।
गुरुङ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत हुनहुन्थ्यो ।