व्यासमा थपिए ११ कोरोना सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यासमा थपिए ११ कोरोना सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    ११ कार्तिक २०७७, बुधबार

    तनहुँ : तनहुँको व्यास नगरपालिकाका ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले बुधबार सार्वजनिक गरेको विवरण अनुसार ११ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार व्यास-२ का ७७, ३०, व्यास-४ का ११ वर्षीय पुरुष, सोही वडाका २५, ११ वर्षीया महिला, व्यास-११ का २४ वर्षीय पुरुष, व्यास-१ का २० वर्षीय पुरुष, व्यास-६ का २० वर्षीय पुरुष, वडा नखुलेका २३ वर्षीया महिला, व्यास-९ का ४८ र व्यास-११ का ११ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ ।

    क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणबाट सङ्क्रमित पहिचान भएका हुन् ।