तनहुँ : तनहुँमा बिहीबारसम्म ५ सय १९ कोरोना सङ्क्रमित निको भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय तनहुँले उपलब्ध गराएको विवरण अनुसार ४ सय १८ पुरुष र एक सय एक महिला निको भएका हुन् ।
भानु नगरपालिकाका ८०, व्यास नगरपालिकाका एक सय ४०, शुक्लागण्डकी नगरपालिकाका ७०, भीमाद नगरपालिकाका २९, म्याग्दे गाउँपालिकाका ३२, घिरिङ गाउँपालिकाका ३६, ऋषिङ गाउँपालिकाका ६१, देवघाट गाउँपालिकाका २७, बन्दीपुर गाउँपालिकाका ३० र आँबुखैरेनी गाउँपालिकाका १४ सङ्क्रमित निको भएका छन् ।
तनहुँमा ५ सय ९७ पुरुष र एक सय ९८ महिला गरी ७ सय ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भानु नगरपालिकामा १३, व्यास नगरपालिकामा एक सय ९, शुक्लागण्डकी नगरपालिकामा ५७, भीमाद नगरपालिकामा २३, म्याग्दे गाउँपालिकामा छ घिरिङ गाउँपालिकामा एक, ऋषिङ गाउँपालिकामा २१, देवघाट गाउँपालिकामा तीन, बन्दीपुर गाउँपालिकामा १६ र आँबुखैरेनी गाउँपालिकामा १६ सङ्क्रमित सक्रिय रहेका छन् ।
जिल्लाका ११ जनाको कोरोना सङ्क्रमण मृत्यु भएको छ । व्यास नगरपालिकाका चार, भीमाद नगरपालिकाका तीन, आँबुखैरेनी गाउँपालिकाका दुई, म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकाका एक÷एक जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।