तनहुँ : तनहुँको व्यास नगरपालिकामा पॉच कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयले शुक्रबार बिहान सार्वजनिक गरेको विवरण अनुसार व्यास नगरपालिकाका पॉच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
व्यास-१ का ४९ वर्षीय पुरुष, व्यास-४ की ५७ वर्षीया महिला, ६१ वर्षीय पुरुष, व्यास-३ का ६९ वर्षीय पुरुष र ४४ वर्षीया महिलामा सङ्क्रमण पुष्टि भएको छ ।
त्यस्तै कास्की र लमजुङमा पनि एक/एक सङ्क्रमित थपिएका छन् ।