मन्त्री चुमानद्वारा इप्रका बन्दीपुरको निर्माणाधीन भवन अनुगमन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मन्त्री चुमानद्वारा इप्रका बन्दीपुरको निर्माणाधीन भवन अनुगमन

    बसन्त पौडेल

    १४ कार्तिक २०७७, शनिबार

    तनहुँ : गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले बन्दीपुरमा निर्माणाधीन इलाका प्रहरी कार्यालयको भवनको शनिबार अनुगमन गर्नुभएको छ । हालसम्मको प्रगति विवरण बुझ्नका लागि मन्त्री चुमानले भवनको अनुगमन गर्नुभएको हो ।

    अनुगमनपछि मन्त्री चुमानले समयमै र गुणस्तरीय भवन निर्माण गर्न निर्माण व्यवसायीलाई निर्देशन दिनुभयो । मन्त्री चुमानले स्रोत साधनमा प्रहरीलाई सुविधासम्पन्न बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । प्रदेशभित्र रहेका प्रहरी कार्यालयका जीर्ण भवन निर्माणलाई प्राथमिकता दिइएको मन्त्री चुमानले बताउनुभयो ।

    प्रदेश सरकारले प्रदेश स्तरीय तालिम केन्द्र पनि निर्माण गर्ने सोच राखेको र त्यसका लागि प्रकृया शुरु भइसकेको मन्त्री चुमानले जानकारी दिनुभयो । “७ सय ६८ रोपनी जग्गा पहिचान भइसकेको छ, त्यहॉ तालिम केन्द्र बनाउने तयारी भएको छ,” मन्त्री चुमानले भन्नुभयो ।

    प्रदेश सरकारले बन्दीपुरका साथै ऑबुखैरेनी र घिरिङमा पनि प्रहरी कार्यालयको भवनका लागि बजेट विनियोजन गरेको मन्त्री चुमानले बताउनुभयो ।

    विसं २०७६ फागुन १७ गते सम्झौता भएको भवन २०७७ फागुन १७ गतेभित्र सम्पन्न गर्ने म्याद रहेको छ । रु तीन करोड ३२ लाखमा काभ्रेस्थित ब्राइट मल्टि कन्स्ट्रक्सनले भवन निर्माणको ठेक्का पाएको छ ।

    अनुगमनमा बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश सदस्य हेमराज लामिछाने (क्षितिज) लगायतको सहभागिता थियो ।

    बन्दीपुरमा प्रहरी नायब निरीक्षकको नेतृत्वमा प्रहरी परिचालन छ ।