वृद्धवृद्धालाई न्यानो कपडा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    वृद्धवृद्धालाई न्यानो कपडा

    खबरपुञ्ज संवाददाता

    १५ कार्तिक २०७७, आईतवार

    तनहुँ : परोपकार महासङ्घ नेपालकी आजीवन सदस्य नोमा थापाले व्यास नगरपालिका–५ पाटनस्थित वृद्धाश्रममा न्यानो कपडा वितरण गर्नुभएको छ । छोरा इभोराइट थापाको २१ औं जन्मदिनको अवसरमा थापाले आइतबार वृद्धाश्रमका वृद्धवृद्धाका लागि न्यानो कपडा वितरण गर्नुभएको हो ।

    डिसु नेपाल तनहुँकी अध्यक्ष समेत रहनुभएकी थापाले १२ जना वृद्धवृद्धाका लागि न्यानो कपडा, फलफूल लगायतका सामग्री वितरण गर्नुभयो । पण्डित शिरोमणी कमलनयन गौतमको परिकल्पना बमोजिम निर्मित वृद्धाश्रममा सहयोगी मनहरूको साथ, समर्थन र सहकार्य प्राप्त भइरहेको संस्थाका उपाध्यक्ष सु. बलबहादुर रानाभाटले जानकारी दिनुभयो ।

    संस्थाका अध्यक्ष तारानाथ घिमिरेले विभिन्न उत्सवमा फजुल खर्च घटाएर सहयोगी प्रवृत्ति बढ्नु समाजका लागि सकारात्मक भएको बताउनुभयो ।