गण्डकीमा मंगलबार १ सय ३७ जनालाई कोरोना, १ सय १६ जनाले जिते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकीमा मंगलबार १ सय ३७ जनालाई कोरोना, १ सय १६ जनाले जिते

    खबरपुञ्ज संवाददाता

    १७ कार्तिक २०७७, मंगलवार

    तनहुँ : गण्डकी प्रदेशमा मंगलबार १ सय ३७ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेशका ८ जिल्लामा संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा ७ सय ३५ पिसीआर परीक्षण भएकामा ६ सय २ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

    थपिएका संक्रमति सबैभन्दा धेरै कास्कीमा छन् । कास्कीमा मात्र ७१ जनालाई संक्रमण पुष्टि भएको निर्देशनालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । दोस्रोमा तनहुँका २३ जना संक्रमित थपिए । बाग्लुङका १३ जना, गोरखाका ११ जना, नवलपुरका १० जना, स्याङजाका ४ जना, मुस्ताङका ३ जना र लमजुङका २ जनालाई कोरोना पुष्टी भएको हो । पर्वत, म्याग्दी र मनाङमा संक्रमित थपिएनन् ।

    सोमबार गण्डकी प्रदेशका ८ जिल्लामा १ सय २३ जना र आईतबार हालसम्मको रेकर्ड ब्रेक गर्दै ४ सय २४ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

    हालसम्म गण्डकी प्रदेशभर ९२ हजार ४२ पिसीआर परीक्षण भएकामा ८ हजार संक्रमित भएका छन् भने ८४ हजार ४२ रिपोर्ट नेगेटिभ आएको छ ।

    मंगलबार १ सय १६ जनालाई कोरोना निको भएसंगै गण्डकीमा कोरोना जित्नेको संख्या ४५ सय २२ पुगेको छ । ३३ सय ५० संक्रिय संक्रमित छन् ।

    पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएसंगै हालसम्म ८८ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।