काठमाडाै : बुधबार सुनको मूल्य तोलामा ९ सय बढेको छ । मंगलबार प्रतितोला ९५ हजार ४ सयमा कारोबार भएको सुन बुधबार ९६ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यसायी महासंघले जनाएको छ।
चाँदी भने अघिल्लो दिनको तुलनामा ५ रुपैयाँले घटेर आज प्रतितोला १२ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ९९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।