तनहुँ : तनहुँका थप १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।स्वास्थ्य निर्देशनालयले शनिबार सॉझ सार्वजनिक गरेको विवरण अनुसार व्यास, भीमाद, घिरिङ र म्याग्देमा सङ्क्रमित थपिएका हुन् ।
व्यास नगरपालिका-२ का ८४ वर्षीय पुरुष, भीमाद नगरपालिका-५ का ४९,३५,१३,११,२५ वर्षीया महिला, सोही वडाका ८ वर्षीय बालक, भीमाद-६ का २३ वर्षीया महिला, भीमाद-७ का ३२, २२ वर्षीया महिला, घिरिङ गाउँपालिका-५ का १३,११ वर्षीय पुरुष र म्याग्दे गाउँपालिका-५ का २७ वर्षीया महिलामा सङ्क्रमण पुष्टि भएको छ ।
तनहुँमा शनिबार कूल २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।