दुर्घटनामा तीन घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दुर्घटनामा तीन घाइते

    खबरपुञ्ज संवाददाता

    २१ कार्तिक २०७७, शनिबार

    तनहुँ : तनहुँमा शनिबार भएको सवारी दुर्घटनाम् परी तीन जना घाइते भएका छन् । बन्दीपुर र म्याग्देमा भएको दुर्घटनामा परी तीन जना घाइते भएका हुन् ।

    बन्दिपुर गाउँपलिका-१ नाला स्थित पृथ्वी राजमार्गमा डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ग १ज ५८१६ नं.को जिप र विपरित दिशाबाट आउँदै  गरेको ग.१५प ६६०० नं.को स्कुटर ठक्कर खॉदा स्कुटर चालक लमजुङको दोर्दी गाउँपालिका-१० बस्ने सुबास घले र १६ वर्षीय आयुष गुरुङ घाइते भएका हुन् । सुबासको दाहिने हातमा चोट लागेको छ भने आयुषको दाहिने खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।

    यसैगरी म्याग्दे गाउँपालिका-६ सेराफॉट स्थित दमौलीबाट पोखरातर्फ जॉदै गरेको बा ३ ख ५८५३ न.को ट्रक र सोही दिशाबाट आउदै गरेको लु१६प ३३३१ न.को मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाईकल पछाडी सवार जिल्ला नवलपरासी (पुर्व) गैडाकोट पुलचोक बस्ने वर्ष २१ की समिक्षा वाग्ले घाईते भएकी छन् ।