दबाव र प्रभावमा नपरी काम गर्न गृहसचिवको निर्देशन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दबाव र प्रभावमा नपरी काम गर्न गृहसचिवको निर्देशन

    खबरपुञ्ज संवाददाता

    २१ कार्तिक २०७७, शनिबार

    तनहुँ : गृह सचिव महेश्वर न्यौपानेले दबाव र प्रभावमा नपरी काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । तनहुँ जिल्लाका कार्यालय प्रमुखहरुलाई शनिबार यहाँ सम्बोधन गर्दै उहाँले कानुन र नियमको परिधिभित्र रहेर जनताको सेवामा खटिन आग्रह समेत गर्नुभयो ।

    “नियम र कानुन हेरेर काम गर्नुहोस, कसैको दबावमा नपर्नुहोस्,” उहाँले भन्नुभयो, “कानुन र कर्तव्य सम्झिएर जनताको सेवा नै कर्मचारीको मूल लक्ष्य हो ।” गृह सचिव न्यौपानेले शान्ति सुरक्षा मजबुद बनाउँदै जीउधनको रक्षाका लागि क्रियाशील रहन सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिनुभयो ।

    सो अवसरमा प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जिल्लाको वस्तुस्थितिको बारेमा जानकारी गराउनुभएको थियो । बैठकमा जिल्लास्थित कार्यालयका प्रमुखका अतिरिक्त लमजुङका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति थियो ।