अमेरिकी नवनिर्वाचित राष्ट्रपति बाइडेललाई प्रधानमन्त्री ओलीद्वारा बधाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    अमेरिकी नवनिर्वाचित राष्ट्रपति बाइडेललाई प्रधानमन्त्री ओलीद्वारा बधाई

    खबरपुञ्ज संवाददाता

    २२ कार्तिक २०७७, आईतवार

    काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्वाचित अमेरिकाको राष्ट्रपति जो बाइडन र उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिनुभएकाे छ ।

    प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत बाइडेन र कमलालाई प्रभावकारी र ऐतिहासिक जितका लागि बधाई दिँदै अमेरिकाको नयाँ नेतृत्वसँग नजिक रहेर काम गर्ने अवसर प्राप्त हुने विश्वास व्यक्त गर्नुभएकाे छ ।

    प्रधानमन्त्री ओलीले भन्नुभएकाे छ, ‘शानदार जितको लागि तपाईंहरुलाई बधाई छ । दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध थप मजबुत बनाउन अमेरिकी नयाँ नेतृत्वसँग मिलेर काम गर्ने अवसर प्राप्त भएको छ ।’

    वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै डेमोक्रेटिक पार्टीको तर्फबाट बाइडेन अमेरिकी राष्ट्रपतिमा विजयी हुनुभएकाे छ ।