तनहुँ : तनहुँका एक कोरोना संक्रमित पुरुषको चितवनमा मृत्यु भएको छ। तनहुँको व्यास नगरपालिका वडा नम्बर १४ निवासी ९६ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा आइतवार उपचारको क्रममा मृत्यु भएको अस्पतालका निर्देशक प्राडा दयाराम लम्सालले जानकारी दिनुभयो ।
खोकी तथा ज्वरोको समस्या भई अस्पताल भर्ना भएका उनमा गत कात्तिक १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो। कोभिड आइसीयू कक्षमा उपचारको क्रममा आइतवार दिउँसो २:५० बजे मृत्यु भएको हो।
चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको अथक प्रयासको बावजुद उनको मत्यु भएको अस्पतालले जनाएको छ। उनी उच्च रक्तचापबाट पनि पिडित रहेको बताइएको छ।