पोखराका युवा समूहले मानहुँमा राखे डस्टविन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    पोखराका युवा समूहले मानहुँमा राखे डस्टविन

    खबरपुञ्ज संवाददाता

    २२ कार्तिक २०७७, आईतवार

    तनहुँ : पोखराका युवा समूहले तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा डस्टविन राखेका छन् । पर्यटकको चहलपहल बढेसँगै फोहरमैला पनि बढेपछि युवाको समूहले फोहरमैला व्यवस्थापनका लागि डस्टविन राखेका हुन् ।

    गुरुङ मगर रमाइलो गु्रपका सदस्यले मानहुँकोटमा १२ थान डस्टविन राखेको समूहका रेशम राना मगरले जानकारी दिनुभयो । “फेसवुक टिकटकमा सबैले मानहुँकोटको तस्वीर सँगै फोहरमैला नगरिदिनु होला भन्ने देखेपछि सबैको सहयोगले डस्टविन राख्न सफल भयौ,” उहाँले भन्नुभयो ।

    समूहका अर्का सदस्य आश गुरुङले मानहुँकोटमा डस्टविन राख्ने अभियान सफल रहेको बताउँदै डस्टविन सौजन्य गरिदिने सवैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

    व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले डस्टविन राखिदिने समूहलाई धन्यवाद दिनुभएको छ । घुम्न मात्र नभई सामाजिक कार्यमा युवाहरुको सहभागिता प्रशंसनीय रहेको श्रेष्ठले बताउनुभयो ।