नाटकीय हारसँगै रियल ला लिगाको चौथो स्थानमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    नाटकीय हारसँगै रियल ला लिगाको चौथो स्थानमा

    खबरपुञ्ज संवाददाता

    २३ कार्तिक २०७७, सोमबार

    एजेन्सी : ला लिगा अन्तर्गत भ्यालेन्सियाको मेस्ताला रंगशालामा सम्पन्न खेलमा रियल मड्रिडले घरेलु टिमसँग लज्जास्पद हार बेहोरेको छ।

    पाहुना टिमले सुरुवाती अग्रता जोगाउन नसक्दा ४–१ गोलको हार बेहोरेको हो।

    रियलका लागि करिम बेञ्जेमाले खेलको २३ औं मिनेटमै गोल गरेर अग्रता बनाएका थिए। तर उसले सो अग्रता कायम राख्ने सकेन।

    यता घरेलु टिम भ्यालेन्सियाका कार्लोस सालेरले पेनाल्टीमार्फत ह्याट्रिक गरेका छन् भने रियलका राफेल वाराणेले आफ्नै पोस्टमा गोल गर्दै भ्यालेन्सियालाई गोल उपहार दिए।

    खेलको ३३ औं मिनेटमा रियलका भाज्क्वेजले फल गरेपछि भ्यालेन्सियाले पहिलो पेनाल्टीको अवसर पाएको थियो। त्यस्तै ४३ औं मिनेटमा भ्यालेन्सियाका म्याक्सी जोमेजलाई मार्सेल्लोले लडाएपछि घरेलु टिमले दोस्रो पेनाल्टी पायो।

    खेलको ६३ औं मिनेटमा भ्यालेन्सियाले तेस्रो पेनाल्टी पाउँदासम्म सबै गोल सोलरले नै गरे। उनले तीनै पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै ह्याट्कि गरेका हुन्।

    यससँगै ४–१ गोलको जित निकालेको भ्यालेन्सिया ११ अंकका साथ नवौं स्थानमा छ भने १६ अंक बनाएको रियल मड्रिड चौथो स्थानमा छ।