तनहुँ : तनहुँमा मङ्गलबार पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा व्यास, शुक्लागण्डकी र बन्दीपुरका पाँच जनामा सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य निर्देशनालयका अनुसार शुक्लागण्डकीमा एक, व्यासमा एक र बन्दीपुरमा तीन सङ्क्रमित थपिएका छन् ।
शुक्लागण्डकी नगरपालिका–४ का ४२ वर्षीय पुरुष, व्यास नगरपालिका–६ का ६३ वर्षीया महिला, बन्दीपुर गाउँपालिका–२ का २४ वर्षीय महिला, ३३ वर्षीय पुरुष र बन्दीपुर गाउँपालिका–५ का ५२ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ ।