कारागारका कैदीबन्दीलाई स्वास्थ्य सामग्री
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    कारागारका कैदीबन्दीलाई स्वास्थ्य सामग्री

    खबरपुञ्ज संवाददाता

    २५ कार्तिक २०७७, बुधबार

    तनहुँ : सटर भाडा व्यवसायी सङ्घ तनहुँले जिल्ला कारागारका कैदीबन्दीलाई स्वास्थ्य सामग्री वितरण गरेको छ ।

    सङ्घका अध्यक्ष विष्णु पराजुलीले कारागारका प्रमुख धु्रवसिंह खड्कालाई बुधबार मास्क र स्यानीटाइजर हस्तान्तरण गर्नुभएको छ । कैदीबन्दीलाई कोभिडको जोखिमबाट बचाउनका लागि सङ्घले स्वास्थ्य सामग्री सहयोग गरेको अध्यक्ष पराजुलीले जानकारी दिनुभयो ।

    उहाँका अनसार तीन सय थान मास्क र स्यानीटाइजर प्रदान गरिएको छ । कारागारका प्रमुख खड्काले सटर भाडा व्यवसायी सङ्घले जोखिमको बेला स्वास्थ्य सामग्री सहयोग गरेर उदाहरणीय कार्य गरेको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो ।

    कार्यक्रममा संस्थाका केन्द्रीय उपाध्यक्ष बालहरि अधिकारी, निवर्तमान केन्द्रीय उपाध्यक्ष राजकुमार श्रेष्ठ, संस्थाका उपाध्यक्ष भिसिंह ठकुरी, सदस्य रामकुमार श्रेष्ठ लगायतको उपस्थिति थियो । उक्त कार्यक्रमको सञ्चालन महासचिव टिकाराम दाहालले गर्नुभएको थियो ।