डा. श्रेष्ठ ४० औं दिनमा कोरोना सङ्क्रमणमुक्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    डा. श्रेष्ठ ४० औं दिनमा कोरोना सङ्क्रमणमुक्त

    खबरपुञ्ज संवाददाता

    २६ कार्तिक २०७७, बिहीबार

    तनहुँ : भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका प्रमुख डा. बालकुमार श्रेष्ठ कोरोना सङ्क्रमणमुक्त हुनुभएको छ । डा. श्रेष्ठ ४० औं दिनमा कोरोना सङ्क्रमणमुक्त हुनुभएको हो ।

    बिहीबार सामाजिक सञ्जाल फेसबुक मार्फत् कोरोना सङ्क्रमणमुक्त भएको डा. श्रेष्ठले जानकारी गराउनुभएको छ । कोरोना सङ्क्रमण भएको लामो समय अस्पताल बस्नुभएका श्रेष्ठ केही समय पहिला मात्रै होम आइसोलेशनमा बस्ने गरी घर आउनुभएको थियो ।

    उहाँले कोरोनालाई खेलाची नसम्झि सतर्क र सुरक्षित रहन सबैलाई आग्रह गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “कोरोना रूपी शत्रुलार्ई परास्त गर्न सफल भएँ । महाभारतको युद्ध भन्दा पनि लामो भो । सिङ्गल सिङ्गल भिडेको भए उहिल्यै चैट बनार्ई दिन्थे तर यो त ठूलो झुन्डमा र अत्याधुनिक अस्त्र सहित अदृश्य रूपमा आएकाले परास्त गर्न अलिक समय लाग्यो ।”