जुवा खेल्ने १५ पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जुवा खेल्ने १५ पक्राउ

    खबरपुञ्ज संवाददाता

    २९ कार्तिक २०७७, आईतवार

    तनहुँ : तनहुँको भानु नगरपालिका–१२ मिर्लुङको कवाचितबाट जुवा खेल्ने १५ जना पक्राउ परेका छन् । उमेश अधिकारीको बारीमा रहेको कटेजमा जुवा खेलेको सूचनाको आधारमा प्रहरीले शनिबार राति १५ जनालाई पक्राउ परेका हो ।

    पक्राउ पर्नेमा सन्तोष खडका, बलराम अधिकारी, उत्तम पण्डित, अमृत श्रेष्ठ, खड्ग बहादुर गुरुङ, चन्द्रबहादुर शाही, सुमन खनाल, रामु मल्ल, हरि खडका, राम गुरुङ, आश कुमार श्रेष्ठ, रामलाल गुरुङ, विष्णु बहादुर भण्डारी, शिव कुमार श्रेष्ठ र पुरन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

    इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका प्रहरी निरीक्षक प्रकाश भुषालको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरुलाई नगद सहित पक्राउ गरेको हो । पक्राउ परेकाहरुका साथबाट रु तीन लाख ७५ हजार छ सय ३० नगद बरामद भएको छ । साथै १६ थान कौडा, दुई थान चकटी, एक थान त्रिपाल, दुई थान गुन्द्री, एक थान काम्लो, एक थान नाङ्लो र सुनको जस्तो पहेलो धातुको औठी समेत बराद भएको छ ।