सडक दुर्घटनामा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्ज्वलन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सडक दुर्घटनामा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्ज्वलन

    खबरपुञ्ज संवाददाता

    २९ कार्तिक २०७७, आईतवार

    तनहुँ : सडक दुर्घटनाबाट ज्यान गुमाउनेको सम्झनामा तनहुँको दमौलीमा आइतबार साँझ दीप प्रज्ज्वलन गरिएको छ । सुरक्षित र दिगो यात्रा नेपालको आयोजना, टिम नेपो र लियो क्लव अफ तनहुँको सह- आयोजनामा दमौलीस्थित ट्राफिक चोकमा सडक दुर्घटनामा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्ज्वलन गरिएको हो ।

    दीप प्रज्ज्वलनको शुभारम्भ गर्दै व्यास नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले सवारी दुर्घटना न्यूनीकरणका लागि चालक स्वयंम सचेत हुनुपर्नेमा जोड दिनुभयो । ट्राफिक प्रहरीलाई देखाउनलाई मात्रै नभई आफ्नो सुरक्षाका लागि नियम पालना गर्नुपर्ने श्रेष्ठले बताउनुभयो । उहाँले शहर केन्द्रित मात्र नभई ग्रामीण क्षेत्रमा पनि ट्राफिक सचेतना र अनुगमन बढाउनुपर्नेमा जोड दिनुभयो ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशम रानाभाटले सडक, चालकको लापरवाही र यान्त्रिक गडबडीले दुर्घटना हुने गरेपनि सबैभन्दा बढी दुर्घटना सवारी चालकको लापरवाहीका कारण हुने गरेको बताउनुभयो । उहाँले नेपालमा ८० प्रतिशत दुर्घटना सवारी चालकको लापरवाहीबाट हुने गरेको बताउँदै सबैको साझा प्रयासबाट दुर्घटना न्यूनीकरण सम्भव रहेको बताउनुभयो ।

    सुरक्षित दिगो यात्रा नेपालका कार्यक्रम संयोजक विकास श्रेष्ठले संस्थाले २०७४ सालदेखि नै सडक यात्रा सुरक्षित बनाउन विविध कार्यक्रम गर्दै आएको बताउनुभयो ।

    टिम नेपोका पूर्व अध्यक्ष सुजन लौडारीले सडक दुर्घटनाबाट ज्यान गुमाउनेको सम्झनामा गत वर्षदेखि जिल्लामा दीप प्रज्ज्वलन कार्यक्रम हुँदै आएको जानकारी दिनुभयो । सडक दुर्घटनाबाट आर्थिक वर्ष ०७६/७७ मा २ हजार २ सय ५५ र आर्थिक वर्ष ०७५÷७६ मा २ हजार ७ सय ८९ जनाको मृत्यु भएको थियो ।

    कार्यक्रममा टिम नेपाेकाे अध्यक्ष गाेविन्द तिमिल्सना, लियाे क्लव अफ तनहुँका अध्यक्ष प्रवेश पाेख्रेल लगायत सहभागी हुनुहुन्थ्याे ।