तिहारमा बजेनन् देउसी गीत !
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तिहारमा बजेनन् देउसी गीत !

    खबरपुञ्ज संवाददाता

    ३० कार्तिक २०७७, सोमबार

    तनहुँ : विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारीका कारण यस वर्ष दमौली र आसपासका क्षेत्रमा तिहारको रौनकता देखिएन । विगतमा तिहार शुरु भएसँगै परम्परागत पोशाकसहित निस्कने देउसी भैलो खेल्ने समूहका कारण दमौलीमा छुट्टै चहलपहल देखिन्थ्यो ।

    यस वर्ष कोरोना महामारी फैलने जोखिमीलाई दृष्टिगत गरी तनहुँ जिल्ला प्रशासनले देउसी भैलो खेल्नमा रोक समेत लगाएको थियो । बढ्दो जोखिमका कारण सर्वसाधारणमा पनि कोरोनाप्रतिको सजगता देखिएको छ । घरघरमा सामान्य दीपावली गरिए पनि यस वर्ष तिहारको रौनकता नदेखिएको स्थानीयवासी अर्जुन पौडेलले बताउनुभयो ।

    “देउसीभैलो नहुँदा यसपालिको तिहारमा रौनकता छैन, परिस्थिति अनुसार चल्नै पर्यो,” उहॉले भन्नुभयो ।

    घरघरमा सर्वसाधारणले सामान्यरूपमा कुकुर, गाई, गोरुको पूजा गर्नुका साथै भाइटीकाको पनि त्यही रूपमा तयारी गरेका छन् । टाढाटाढा रहेका अधिकांश दिदीबहिनी तथा दाजुभाइलाई यस वर्ष कोरोना महामारीका कारण आवतजावत गर्नसमेत असहज भएको भन्दै अर्को वर्ष टीका लगाउने वाचाका साथ आआफ्नै ठाउँमा बस्नु बाध्यता बनेका छ ।