राष्ट्रपति भण्डारीसँग भेट गर्न प्रधानमन्‍त्री ओली शीतल निवासमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    राष्ट्रपति भण्डारीसँग भेट गर्न प्रधानमन्‍त्री ओली शीतल निवासमा

    खबरपुञ्ज संवाददाता

    २ मंसिर २०७७, बुधबार

    काठमाडाै : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)  अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा बुधबार फेरि शीतल निवास पुग्नुभएकाे छ । मंगलबार साँझ मात्र पनि प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच भेटघाट र छलफल भएको थियो । पछिल्लो समय नेपाल कम्युनिस्ट पार्टीमा देखिएको विवाद समाधान गर्न प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीको साथ र सहयोग खाेज्नुभएकाे छ ।

    यसअघि मंगलबार साँझ मात्र राष्ट्रपति भण्डारीले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेट्नुभएकाे थियाे। यो भेटमा उहाँले प्रचण्डलाई ओलीसँग मिलेर जान अनुरोध गर्नुभएकाे थियाे ।

    प्रचण्ड शीतल निवासबाट निस्किएपछि प्रधानमन्त्री ओली शीतल निवास पुग्नुभएकाे थियाे । त्योबीचमा उहाँले चिनियाँ राजदूत हाउ यान्छीलाई भेट गर्नुभएकाे थियाे ।

    आज विहान राष्ट्रपति कहाँ प्रधानमन्त्री ओली पुग्नुलाई नेकपाको राजनीतिमा महत्वपूर्ण रुपमा हेरिएको छ । आज दिउँसो १ बजे नेकपाको सचिवालय बैठक बस्दै छ । त्यस लगत्तै २ बजे प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बाेलाउनुभएकाे छ ।