कोरोना सङ्क्रमणबाट म्याग्देका ५१ वर्षीय पुरुषको मृत्यु, शुक्रबार थपिए १३ सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कोरोना सङ्क्रमणबाट म्याग्देका ५१ वर्षीय पुरुषको मृत्यु, शुक्रबार थपिए १३ सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    ४ मंसिर २०७७, शुक्रबार

    तनहुँ : तनहुँको म्याग्दे गाउँपालिकाका ५१ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको छ । म्याग्दे-४ का ५१ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएको हो ।

    ती पुरुषमा मङ्सिर ३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो। योसँगै तनहुँमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ ।

    १३ सङ्क्रमित थपिए

    शुक्रबार तनहुँमा १३ कोरोना सङ्क्रमित थपिएका छन् । व्यासमा १०, म्याग्देमा २, शुक्लागण्डकीमा १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । व्यासका ४८,३९,४१,४९,३५,३४,५२,६५,३६,२४, म्याग्देमा ३२,५२ र शुक्लागण्डकीका २७ वर्षीयमा कोरोना पुष्टि भएको छ ।