भीमादका ६६ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भीमादका ६६ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु

    खबरपुञ्ज संवाददाता

    ५ मंसिर २०७७, शुक्रबार

    तनहुँ : तनहुँको भीमाद नगरपालिकाका ६६ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । भीमाद नगरपालिका–५ का ६६ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा शुक्रबार मृत्यु भएको हो ।

    स्वास्थ्य निर्देशनालयका अनुसार ती पुरुषमा कात्तिक २८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । ती पुरुषमा निमोनिया, मिर्गौला, उच्च रक्तचापको समस्या रहेको थियो । योसँगै कोरोना सङ्क्रमणबाट जिल्लाका १७ जनाको मृत्यु भएको छ ।